७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

प्रदेशस्तरीय बुँदोकै–दो कराँते च्याम्पियनसिपमा आठ स्वर्णसहित कञ्चनपुर च्याम्पियन 


१ पुस २०८०, आइतबार  

0
Shares

काठमाडौं । प्रथम प्रदेशस्तरीय शुक्लाफाँटा बुँदोकै–दो फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा कञ्चनपुर शाखा च्याम्पियन भएको छ । 

शनिबार सम्पन्न भएको प्रतियोगितामा कञ्चनपुर शाखाले आठ स्वर्ण, आठ रजत र १५ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । दुई स्वर्ण, तीन रजत, पाँच कास्य जित्दै बझाङ दोस्रो हुँदा एक स्वर्ण जितेको डडेल्धुरा तेस्रो भएको छ । 

शुक्लाफाँटा बुँदोकै–दो शाखाको आयोजनामा भएको प्रतियोगितामा महिला र पुरुषतर्फ गरी ११ विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियोे । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित बंसा कभर्ड हलमा दुई दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । 

प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका करिब ३०० जना महिला/पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिताको प्रत्येक तौल समूहका विजेता खेलाडीहरूले पाँच हजार, उपविजेताले तीन हजार, तेस्रो हुनेले दुई हजार र चौथो हुनेले एक हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको प्रतियोगिताका व्यवस्थापक एवं प्रशिक्षक सागर विष्टले बताए । cp: https://baahrakhari.com

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १ : ०० बजे