७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मन्त्री तामाङको प्रमुख अथित्यमा मिस एण्ड मिसेस ईण्डिजिनियसको ग्राण्ड सक्सेस पार्टी सम्पन्न


२७ असार २०८१, बुधबार  

8
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले कला र संगीतको क्षेत्रबाट पनि समाजलाई रुपान्तरण गर्न सकिने बताएका छन् ।

मंगलबार काठमाडौंमा सम्पन्न मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४) को ग्राण्ड सक्सेस कार्यक्रममा प्रमुख अथिति रहेका मन्त्री तामाङले यस्तो बताएका हुन् । उनले मिस एण्ड मिसेस ईण्डिजिनियस जस्ता प्रतियोगितामार्फत महिला शसक्तीकरणमा पनि टेवा पुग्ने बताए ।

आदीवासी जनजाति समुदायका विवाहित र अविवाहित महिलाहरुको चौतर्फी विकासका लागि भन्दै गरिएको मिस एण्ड मिसेस ईण्डिजिनियस प्रतियोगितामा सहभागी र विजेता सबैलाई बधाई दिदै आफुमा रहेको कला र क्षमताले समाज रुपान्तरणमा योगदान गर्न उनले आग्रह गरे ।
अन्य समुदायको तुलनामा आदीवासी जनजाति महिलाहरु अझै पछि रहेकाले उनिहरुको शसक्तीकरणका लागि राज्यले पनि ध्यान दिनुपर्ने बताए ।

मन्त्री तामाङले आदीवासी जनजाति समुदायका महिलाहरुमा थुर्पै कला, प्रतिभा र क्षमता रहेकाले त्यसलाई बाहिर ल्याउन मिस एण्ड मिसेस ईण्डिजिनियस जस्ता प्रतियोगिताको महत्वपुर्ण भूमिका रहेको समेत बताए ।

कार्यक्रमका अथिति पूर्वमन्त्री परशुराम तामाङले आदिवासी जनजाति महिलाहरुको व्यक्तित्व र बौद्धिकता तथा साँस्कृतिक विकास, प्रचार र सर्मद्धनमा मिस एण्ड मिसेस ईण्डिजिनियस जस्ता प्रतियोगिताले ठुलो सहयोग गरिरहेको बताए । आदीवासी जनजाति समुदाय कला र प्रतिभाको धनी रहेकाले यस्को प्रचार प्रसार गर्नमा राज्यले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा विशिष्ठ अथितिका रुपमा एआइजी टेकबहादुर तामाङ, डीआईजी डा. देउती गुरुङ रहेका थिए । कार्यक्रममा प्रतियोगिताका निर्णायक मण्डल पनि सहभागी थियो ।

कार्यक्रममा मिस एण्ड मिसेस ईण्डिजिनियस प्रतियोगिताका आयोजक शान्ता तामाङले आदिवासी जनजाति महिलाहरुको समग्र विकासमा आफुहरु लागि परेको बताइन् । उनले प्रतियोगिताको उदेश्य नै आदिवासी जनजाति महिलाहरुको व्यक्तित्व विकास गर्दै साँस्कृतीको जर्गेना र प्रचार प्रसार रहेको पनि बताइन् ।

एसके इन्टरटेन्मेन्टको प्रबन्ध निर्देशक रहेकी तामाङले प्रतियोगितामा सहभागी र विजेता सम्पुर्णलाई बधाई ज्ञापन गरेकी छन् । उनले एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

ग्राण्ड सक्सेस पार्टीमा मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४) का विजेता, उपविजेता, सहभागी र सहयोगीहरुलाई प्रमुख अथिति, अथितिहरुले सम्मान पत्र प्रदान गरेका थिए ।

यसबर्षको मिस तथा मिसेस् इन्डिजिनियस (२०२४) सिजन ३ को ताज माया गुरुङ र युजिना राईले पहिरिएकी थिइन्।
प्रतियोगितामा युजिना राईले मिस इन्डिजिनियस २०२४ को विजेता हुँदै ताज पहिरेकी हुन भने सोहि विधामा पमाया शेरपुजा फस्ट रनर अप, आरुषी थापा मगर सेकेन्ड रनर अप तथा आकृति गुरुङ थर्ड रनर अप चयन भएका थिए।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ७ : १७ बजे