नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको जर्सी र एन्थम सार्वजनिक गरिएको छ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा टोलीको जर्सी र एन्थम सार्वजनिक गरिएको हो।
टोलीका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, मालिक स्वतन्त्रप्रताप शाह र ब्रान्ड एम्बासडर दीपक विष्टले जर्सी सार्वजनिक गरेका हुन्।
ड्रोनमार्फत टोलीको जर्सी कार्यक्रम हलमा पुर्याइएको थियो। ड्रोनले मार्की खेलाडी दीपेन्द्रको नाम र नम्बर अंक जर्सी हलमा प्रवेश गराएसँगै जर्सी सार्वजनिक गरिएको थियो।
मार्की दीपेन्द्रले आफू र टोली मालिक दुवै सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताउनुभयो ।ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले नेपालको क्रिकेटलाई नयाँ उचाईमा पुरयाउने प्रयासका क्रममा एनपिएल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिनुभयो । क्यानका सचिव पारस खड्काले एनपिएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने क्रममा रहेको बताउनुभयो ।टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ४८ वर्ष देखि आफू क्रिकेटमा रहेको स्मरण गर्दै सुदूरपश्चिम रोयल्सले दिएको जिम्मेवारीका लागि धन्यवाद दिनुभयो ।
अनिता चलाउने, चक्र बम, टंक तिमिल्सिनाको स्वर र एनएक्स मसको संगित संयोजन रहेको सुदूरपश्चिम रोयल्सको टिम एन्थम पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । यसक्रममा सुदूरपश्चिमको पहिचान दर्शाउन दशरथ सुनारले निर्देशन गरेको भिडियो पनि प्रस्तुत गरिएको थियो ।टोलीका मालिक शाहले एनपिएलले नेपाली क्रिकेटको स्वर्णिम युगको सुरु भएको र अब पछाडि फर्केर हेर्नु नपर्ने तर्क राख्नुभयो । सुदूरपश्चिम खेलकुदका लागि उर्वर भूमी रहेको औंल्याउँदै उहनेले सुदूरपश्चिमले भविष्यमा खेलाडी तयार पार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ ।हाम्रो टोली – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)
कार्यक्रममा ‘मैदानमा तुफान, सुदूरको शान’ बोलको एन्थम पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रले टोलीमा युवा खेलाडी र विदेशी खेलाडीको राम्रो संयोजन भएकाले राम्रो खेल्ने विश्वास व्यक्त गरेका थिए।
आठ टोलीबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएल आगामी मंसिर १५ देखि हुँदैछ।
आठ टोलीबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएल आगामी मंसिर १५ देखि हुँदैछ।