७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

ऋण लिएर तिर्दैनौं भन्न मिल्छ ? त्यो मान्य हुँदैन्- अर्थमन्त्री महत


२८ चैत्र २०७९, मंगलबार  

0
Shares

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ऋण तिर्दैनौं भन्ने विषय सरकारलाई मान्य नहुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले बैंकको ऋण तिर्दैनौं भन्ने बिषय सरकारलाई मान्य नहुने बताएका हुन् ।
‘म यो मञ्चबाट भन्न चाहन्छु कि कर्जा नै तिर्दैनौं भन्ने विषय हुन सक्दैन ।

‘अहिले अप्ठेरो पर्‍यो, ब्याजदरमा अलिकति सहुलियत चाहियो, समय चाहियो त्यो हुन सक्ला । तर साँवा पनि नतिर्ने भन्ने सवाल हुन सक्दैन, त्यो मामलामा सरकार स्पष्ट छ’, मन्त्री महतले भने ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ३४ बजे