२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

रास्वपाका सांसद हरि ढकाल बोल्दा माइक काटेपछि


१२ भाद्र २०८१, बुधबार  

0
Shares

२९ साउन, काठमाडौं । सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेपछि विवाद सुरु भएको थियो ।
मंगलबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामा, रास्वपाकी सांसद सोबिता गौतम र जनता समाजवादी पार्टीका वीरेन्द्र महतोले बोलेपछि रास्वपाकै सांसद ढकालले बोल्ने समय पाएका थिए ।
उनले सडकको अवस्था हेर्दा प्राकृतिक प्रकोपका कारणले मात्रै नभई भ्रष्टाचारको प्रकोपले भत्किएको बताए । त्यसपछि उनले भ्रष्टाचारको विषय सधैं आकस्मिक हुने भन्दै यो विषय उठाउन आफूलाई नरोक्न सभामुखलाई आग्रह गरे ।
रास्वपा र राप्रपा सांसदहरु उठेर विरोध गरिरहेपछि सभामुखले लामिछानेलाई बोल्न २ मिनेट समय दिए ।
उनले सांसद ढकालले विद्युत महसुलको विषय उठाउनेवित्तिकै माइक काटिएको भन्दै उनलाई आफ्नो समयभरि बोल्न दिन माग गरे । ‘उहाँले विद्युत महशुलको विषयमा अत्यन्त महत्वपूर्ण कुरा उठाउनुभएको थियो । त्यसकारणले बोल्दा बोल्दै, विद्युत महशुल भन्ने बित्तिकै लाइन काटिनु गम्भीर आपत्तिको विषय हो’, उनले भने ।
त्यसपछि सभामुखले राप्रपा अध्यक्ष, सांसद राजेन्द्र लिङ्देनलाई पनि २ मिनेट समय दिए । लिङ्देनले भने सांसदहरु सार्वभौम हुने भएकाले जुनसुकै विषय उठाउन सक्ने बताए ।
‘जनताका प्रतिनिधिले आफ्नो कुरा राख्छन् । त्यो संविधान विपरीत र संसदको नियमावली विपरीत भयो भने सभामुखले प्रतिबन्ध लगाउने, रोक्ने आफ्नो ठाउँमा छ’ उनले भने, ‘यो विषय बोल्न पाउछौं, यो विषय बोल्न पाउँदैनौं भन्ने मान्य हुँदैन ।’मिटर जडान गरिएको ठाउँमा महशुल उठाउनका लागि यस्तो हालत नेपालमा रहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘मिटर नभएका भन्सार हेरौं त, मिटर नभएको मालपोत कार्यालय हेरौं त । के छ हालत ?’
भ्रष्टाचारसँग सम्बन्धित विषय सदनमा प्रवेश गराउँदा मंगलबार भएजस्तो व्यवहार नगर्न सभामुखलाई आग्रह गरे ।
‘सभामुख महोदय, बाँकीका दिनहरुमा प्रतिपक्षले उठाउन लागेको सुशासनको मुद्दा र भ्रष्टाचारको विषयमा यो खालको रवैया कृपया नदेखाइयोस् । प्रतिपक्ष कमजोर छैन, प्रतिपक्षको आवाज कमजोर छैन’, सांसद ढकालले भने ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : २३ बजे