७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

ने.इ.ए. सुपका अब्बल उम्मेदवार-लोक सिंह भण्डारी


२० भाद्र २०८१, बिहिबार  

248
Shares

नेपाल इन्जिनियर्स एसोशिएसन सुदूरपश्चिम प्रदेशको तेस्रो कार्यकारिणी समितिको लागि यहि भाद्र २८ गते चुनाव हुन गइरहेको छ। इ. कौसल बहादुर बिष्ट र सचिव, इ. नारद जोशीको नेतृत्वमा रहेको प्रगतिशील गठबन्धनबाट प्रदेश कमिटी सदस्य पदका उमेदवार इ. लोक सिंह भण्डारी एक अब्बल उम्मेदवारको रुपमा हेरिएको छ।

भण्डारी हाल भौतिक पुर्वाधार तथा शहरी बिकास मन्त्रालय ,कर्णाली प्रदेश अन्तर्गत ,पुर्वाधार बिकास निर्देशनालय, सुर्खेतमा कार्यरत छन्। शुक्लाफाँटा, ०२, बन्साहा, कन्चनपुर स्थाई घर भएका भण्डारी सानैदेखि पढाईमा मेधाबी विद्यार्थी थिए भने बिद्यार्थी जीवनमा विद्यार्थी हकहितको लागि समेत लड्ने गरेको र अब ईन्जिनियरको रुपमा सरकारी सेवामा प्रवेश गरे संगै इन्जिनियरहरूको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम क्षेत्रलाई समृद्ध र बिकसित बनाउन जोडतोडका साथ् लाग्ने प्रतिबद्धता सहित चुनावी अभियानमा लागेको उनले बताए। पपुलर मतका कारण ने.इ.ए. सुदूरपश्चिमको प्रगतिशील गठबन्धनबाट प्रदेश कमिटी सदस्य जित्ने उनको दावी छ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  १० : ५७ बजे