७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

ब्याजदर कम गर्ने र राजश्व सङ्कलन बढाउनेतर्फ सरकार केन्द्रित छ– प्रधानमन्त्री


२८ चैत्र २०७९, मंगलबार  

0
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने र राजश्व संकलन बढाउनेतर्फ सरकार छलफलमा रहेको बताएका छन् ।

आज उद्योग वाणिज्य महासंघको ५७वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्गसँग आफू छलफलमा रहेको बताएका हुन् । उनले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने समेत बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताए । उनले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चित उत्साहजनक हुँदै गएको र झन्डै ११ महिना पुग्ने विदेशी सञ्चित अहिले देशसँग रहेको जानकारी पनि दिए।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : १४ बजे