काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा विमान चार्टर नै गरेर चिनियां पर्यटकहरु नेपाल आएका छन् । आज बिहान एक जम्मो चिनियाँ पर्यटकहरुको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । चिनिया पर्यटकहरुको टोलीलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो ।नेपाल र चीनको झण्डा बोकेका चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाएर र स्वागत गरेका थिए ।
हिमालय एयरलाइन्सको विमान चार्टर १८१ जना चिनियाँ पर्यटकहरु नेपाली नयां बर्षको अवसरमा भ्रमणमा आएका हुन्। भ्रमणका लागि ७०० चिनियाँ पर्यटकहरु नेपाल आउन लागेको र त्यही समूहको पहिलो लट आज आएको पर्यटन मन्त्रालयले जनाएको छ ।