७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मलाई पर्खिने भन्दा म संग,तर्किने धेरै छ्न , -प्रकाश बिष्ट भाबु


१४ असार २०८०, बिहिबार  

24
Shares

गजल……………..

मलाई पर्खिने भन्दा म संग,तर्किने धेरै छ्न।
सल्लाह दिदा सुनेर म संग,जर्किने धेरै छ्न।।

सत्य कुरा साचो हुन्छ भन्ने थाहा पाएर पनि।
झुटो आरोप लगाइ रिसाउदै,झर्किने धेरै छ्न।।

संघर्ष बाट टाढा भागेर छिट्टै माथी पुग्ने कोशिशमा।
असली नक्कली छुट्याउनु न सकेर,फर्किने धेरै छ्न।।

किन यति स्वार्थी भयो होला मेरो देश गाउँ समाज।
षड्यन्त्रको दाउ पेचमा आफ्ना शीत,चर्किने धेरै छ्न।।

सुन्दैन बिन्ती कसैले महसुस गर्दैन पीडा स्वार्थमा।
सयोग को नाटक रची अलि अलि,झर्किने धेरै छ्न।।

-प्रकाश बिष्ट भाबुक

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ५ : १५ बजे