७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

बीरगंज कृषि औजार कारखानालाई संचालन गर्न, पुस्तक बेच्दै-महावीर पुन


२ कार्तिक २०८०, बिहिबार  

0
Shares

रास्ट्रीय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक तथा अनुसन्धानकर्ता डा. महावीर पुनको जीवन कथामा आधारित पुस्तक बजारमा आएको छ। रू ७५० मूल्य राखिएको पुस्तकबाट संकलन भएको रकमले, ३० वर्षदेखि बन्द भई जिर्ण अवस्थामा रहेको बीरगंज कृषि औजार कारखानालाई संचालन गर्ने महावीरले बताएका छन् । उनको पुस्तक बजारका विभिन्न पुस्तक पसलहरुमा अनि अनलाइन मार्फत किन्नेलाई नेपालमा दराज एप र बिदेशमा हुनेले अमाजोन एप मार्फत् किन्न सकिने बताएका छन् । उनि आफै समेत किताब बेच्दै देशका विभिन्न ठाउँहरुमा हिनिरहेका छन् ।

सामाजिक संजाल मार्फत् उनले भनेका छन् कि ९ महिना लगाएर कारखाना करिब मर्मत भैसक्यो र तिहार पछि संचालन गरिनेछ। यहाँहरु पनि पुस्तक किनेर बीरगंज कृषि कारखानालाई सहयोग संगै महावीर पुनको जीवन कथा पढेर जीवन संघर्षको पाठ लिन सक्नुहुनेछ ।

उनले थप भनेका छन्, “यदि कसैले स्वइच्छाले र अरु कुनै तरिकाले बिक्रि वितरण गर्न सहयोग गर्ने आइडिया छ भने मलाई 9841592361 मा फोन वा Whatsapp गर्नु होला । काठमाडौँ उपत्यका भित्र बस्नु हुने र Daraz मा अनलाइन अर्डर गर्न नसक्नेहरुले 9801462924, 9801462918 र 9841592361 मा फोन मार्फत अर्डर गर्नु होला ।”

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ४ : ४२ बजे