७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४) को ‘ट्यालेन्ट सो’ भव्यताका साथ सम्पन्न


२८ जेष्ठ २०८१, सोमबार  

50
Shares

काठमाडौं । मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३)  को ‘ट्यालेन्ट सो’ भव्यताका साथ सम्पन्न भएको छ ।
एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३) को ट्यालेन्ट सो आइतवार काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको हो ।

ट्यालेन्ट सोमा ३० जना विवाहित र अविवाहित आदीवासी जनजाती महिलाहरुको सहभागीता रहेको थियो । ट्यालेन्ट सोमा सहभागीहरुले नृत्य, गायन र कविता प्रस्तुत गरेको आयोजक शान्ता तामाङले अनमोलपोस्टलाई जानकारी दिइन् ।

उनका अनुसार ट्यालेन्ट सोमा सहभागी भएकाहरुमध्ये विवाहित एक र अविवाहित एक जना महिला छनोट हुनेछन् ।
छनौट हुने विवाहित एक र अविवाहित एक जना महिलाहरुको नाम घोषणा भने मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३ ) को ग्राण्ड फिनालेमा घोषणा गरिने आयोजक तामाङले जानकारी दिइन् । ग्राण्ड फिनालेमा असार १० गते हुने उनले बताइन् ।

ट्यालेन्ट सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्वमन्त्री, काँग्रेस केन्द्रिय सदस्य, काँग्रेसको आदीवासी जनजाती विभाग प्रमुख दिलमान पाख्रिन, विशिष्ठ अतिथिहरुमा संविधान सभा सदस्य एवम् पूर्वमन्त्री परशुराम तामाङ, काँग्रेस महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्र, नेपाल प्रहरीका डीआइजी डा. देउती गुरुङ रहेका थिए भने विशेष अतिथिहरुमा झाँक्री गुरु प्रकाश भुजेल, विनय दोङ र तिल बहादुर कार्की रहेका थिए । त्यसैगरी कार्यक्रमको निर्णायहरुमा बुद्ध लामा, रोशन फ्युबा, रेनुका राई, अनिता नैगी तामाङ, निरु राई, राधा थोकर, ईशा गुरुङ रहेका थिए ।

मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३) को अडिसन वैशाख २२ गते सम्पन्न भएको थियो छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : १६ बजे