२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


१२ भाद्र २०८१, बुधबार  

0
Shares

काठमाडौ / भदौ ८ : नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले काठमाडौंको कपनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नुप्से क्राफ्टको आयोजनामा भएको उक्त शिविरमा निःशुल्क स्वास्थ्य शिविरमा ५४१ जनाले उपचार गराएको केएमसी अस्पतालका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा आएका बिरामीमध्ये ७५ जनाको ईसीजी, ८८ जनाको ल्याब परीक्षण र ९७ जनाको युएसजी परीक्षण गरिएको थियो भने २२ जनाको दाँत निकालिएको थियो । त्यस्तै, २७ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।
यसअघि केएमसीको स्वास्थ्य टोलीले बुढानिलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियाे । सांसद डा. शर्माले केएमसीकाे नेतृत्व सम्हालेलगत्तै देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामी उपचार गर्दै आएका छन् । साथै त्यहाँ उपचार हुन नसकेका बिरामीलाई आफ्नै अस्पतालमा ल्याएर निःशुल्क उपचार पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : २२ बजे