८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक


१६ आश्विन २०८१, बुधबार  

0
Shares

नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघले मंगललबार साँझ एक कार्यक्रम आयोजना गरी टिम मालिकको नाम सार्वजनिक गरेको हो।
सोही कार्यक्रममा आठै टिमको लोगो पनि देखाइएको थियो।
काठमाडौं गोर्खाजका टिम मालिकमा कैलाश सिरोहिया,उपेन्द्र महतो र अरूण सराफ रहेका छन्। नेपाल स्पोर्टस डेभलपमेण्ट भेन्चर प्रा.लि. कम्पनीले यो टिम किनेको हो।
पोखरा एभेन्जर्स नेपाल टी–ट्वान्टी क्रिकेट लिमिटेडले खरिद गरेको हो भने टिम मालिकमा सुवोध त्रिपाठी र मनोबल श्रेष्ठ रहेका छन्।
चितवन मेडिकल कलेजले किनेको चितवन राइनोजका टिम मालिक हरिशचन्द्र न्यौपाने र आयुश न्यौपाने हुन्।

विराटनगर किंग्सका मालिक पारस लुनियाँ हुन्। कम्पनीको नाम एमएडी ड्रीम्स हो।
लुम्बिनी लायन्सका टिम इश्वर जीसीले फर्चुन हेल्थ केयर कम्पनीको नाममा किनेका हुन्।

ड्रीम स्पोर्ट्स कम्पनीका मालिक अमित श्रेष्ठले जनकपुर बोल्ट्स खरिद गरेका हुन्।
हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका झनकदत्त खनाल र ग्रिहेन्द्र घिमिरेले कर्णाली याक्स किनेका हुन्।
यस्तै सुदूरपश्चिम रोयल्स स्वतन्त्र प्रताप शाहले किनेका हुन्। एम्पायर स्पोर्ट्सले सुदूरको टिम खरिद गरेको हो।
टिम मालिक सार्वजनिकसँगै अधिकांश टिमका मालिकहरूले क्रिकेटमा लगानी गर्नुलाई देशप्रतिको जिम्मेवारीको रूपमा लिएको बताए। धेरैले यो शुरूवातको लागि क्यान नेतृत्वलाई धन्यवाद दिए।
मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने लिगको चर्चा अहिले निकै चुलिएको छ।
यसअघि क्यानले मार्की खेलाडीले जनही २० लाख प्राप्त गर्ने घोषणा गरेको थियो। आठ टिमले टिम खरिदका लागि १६ करोड ८८ लाख ९३ हजार २३१ रूपैयाँ खर्चेका थिए।
मार्की खेलाडी
रोहित पौडेल – लुम्बिनी दिपेन्द्रसिंह ऐरी – सुदूरपश्चिमकुशल भुर्तेल – पोखरासोमपाल कामी – कर्णालीकरण केसी – काठमाडौं सन्दीप लामिछाने – विराटनगर आसिफ शेख – जनकपुरकुशल मल्ल – चितवन

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ३८ बजे