८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

दसैँ‌‌ लागेपछि काठमाडौंमा कुन तरकारीको भाउ ह्वात्तै बढ्यो


१९ आश्विन २०८१, शनिबार  

0
Shares

 
आज कुन तरकारीको भाउ कति ?
दसैँ लागेपछि काठमाडौंमा केही हरियो तरकारीको भाउ ह्वात्तै बढेका र केही ह्वात्तै घटेको छ।
घटस्थापनाको अघिल्लो दिन र शनिबारबीचको तीन दिनको अवधिमा कालीमाटी फलफूल तथा तरकारी बजारमा केही हरियो तरकारीको ह्वात्तै घटबढ भएका हुन्।  
केही तरकारीको भाउ सामान्य घटबढ भएका छन् भने केहीको स्थिर छ।
ह्वात्तै भाउ बढेका तरकारीहरूमा गोलभेँडा, भन्टा, करेला, घिरौँला, साग र च्याउ छन्।
असोज १६ गते (घटस्थापनाको अघिल्लो दिन) भारतीय ठूलो गोलभेँडाको भाउ औसतमा १२० रूपैयाँ प्रतिकिलो थियो। शनिबारको औसत मूल्य १५० रूपैयाँ प्रतिकिलो पुगेको छ।
त्यस्तै भन्टा लाम्चोको भाउ त्यतिबेला औसत ५५ रूपैयाँ प्रतिकिलो रहेकोमा शनिबार ७५ रूपैयाँ प्रतिकिलो पुगेको छ।
करेलाको भाउ घटस्थापनाको अघिल्लो दिन ९५ रूपैयाँ प्रतिकिलो रहेकामा शनिबार किलोमा २५ रूपैयाँ बढेर १२० रूपैयाँ पुगेको छ।
घिरौलाको भाउ तीन दिनमा २५ रूपैयाँले बढेको छ। शनिबार घिरौँलाको भाउ १२० रूपैयाँ प्रतिकिलो छ।
डल्ले च्याउको भाउ भने किलोमै १०० रूपैयाँ बढेको छ। शनिबार यसको मूल्य ४५० रूपैयाँ प्रतिकिलो छ।
मुडेको रातो आलु ९ रूपैयाँ, गाजरको २० रूपैयाँ बढेको छ।
अब ह्वात्तै भाउ घटेका तरकारीहरूको कुरा गरौं—
कालीमाटी बजारमा घटस्थापनादेखि शनिबारसम्म ह्वात्तै भाउ घटेका तरकारीहरू बोडी, लौका, कुरीलो हुन्। भिण्डी, काउली, खुर्सानी लगायतका तरकारीहरूको भाउ पनि सामान्य घटेको छ।
भिण्डीको भाउ तीन दिनअघि ११० रूपैयाँ प्रतिकिलो रहेकामा शनिबार ९५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। लौकाको भाउ ३० रूपैयाँ घटेर शनिबार ६५ रूपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ।
त्यस्तै तने बोडीको भाउ तीन दिनअघि १२५ रूपैयाँ र मकै बोडीको भाउ ९५ रूपैयाँ प्रतिकिलो थियो। शनिबार तने बोडी ९५ रूपैयाँ र मकै बोडी ८५ रूपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
घिउ सिमीको तीन दिनअघिको भाउ १२५ रूपैयाँ रहँदा आज ९५ रूपैयाँ प्रतिकिलोमा कारोबार भइरहको छ।
 कुरीलोको भाउ असोज १६ गते ६५० रूपैयाँ थियो। शनिबार ७४ रूपैयाँले घटेर ५७६ रूपैयाँ कायम भएको छ।
त्यस्तै गाजरमा २० रूपैयाँ, बन्दा १० रूपैयाँ, काउली ५ रूपैयाँ, रातो मूला १० रूपैयाँ,  टाटे सिमी १० रूपैयाँ, परवर १५ रूपैयाँ, चिचिण्डा १० रूपैयाँ, बरेला १० रूपैयाँ, स्कुस १० रूपैयाँले घटेको छ।
आलु, निउरो, प्याजको भाउ स्थिर छ।
आलु प्रतिकिलो ८२ रूपैयाँ, प्याज १२७ रुपैयाँ, निररो ८५ रूपैयाँ, गुन्द्रुक २७६ रूपैयाँ र तामाको भाउ ९५ रूपैयाँ छ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : ०५ बजे