७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

विश्वकपको स्थान पक्का बनाएर नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता


२९ कार्तिक २०८१, बिहिबार  

0
Shares

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ । युएईमा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा भाग लिएर आज साँझ स्वदेश फिर्ता भएको टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको हो । टोलीले खेलमा युएईलाई आठ विकेटले हराउँदै सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेर स्वदेश फर्किएपछि विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारी र खेलप्रेमीहरूले भव्य स्वागत गरेका छन् ।

एसिया छनोट खेलमा ६ खेलमध्ये नेपालले ५ खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै, यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउन पाउने भएको छ ।

एसिया कपमा नेपालसहित ६ देशले सहभागिता जनाउने छन्। एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ३ : ४६ बजे