८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सांसद सुनिल शर्माको केएमसीको टोलीले मकवानपुरमा ६४८ बिरामीको गर्यो निःशुल्क उपचार


२८ भाद्र २०८१, शुक्रबार  

2
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले मकवानपुरको चखेलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 
इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ५ चखेलको आयोजनामा श्री कालीदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ६४८ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 
 बिरामीमध्ये ११५ जनाको भिडियो एक्सरे, ८४ जनाको ईसीजी गरिएको थियो भने २९ जनाको दाँत निकालिएको थियो । 
बिरामीमध्ये ४२ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 
डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ५७ बजे