२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

कलम बम मेमोरियललाई राष्ट्रिय शिक्षा सम्मान 


२ आश्विन २०८१, बुधबार  

4
Shares

 काठमाडौँ / असोज ३ :  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुललाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरिएको छ । 

शिक्षा पत्रकार समाज नेपालको आयोजनामा आज काठमाडौँको अनामनगरमा आयोजित एक विशेष कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले विद्यालयका प्रिन्सिपल युवराज बमलाई सम्मान प्रदान गर्नुभएको हो । 

कैलालीको ग्रामीण भेगमा विगत ३ दशकदेखि  निरन्तर द्वन्दकालिन समयमा समेत  गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गरेको र हालपनी  निवनतम शिक्षण सिकाइका माध्यमबाट व्यवहारिक शिक्षा प्रदान गरिरहेको कारण शिक्षा सम्मान २०८१ बाट सम्मानित गरिएको शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले बताउनुभयो ।

कैलालीको मध्यवर्ती क्षेत्रको पहिलो संस्थागत विद्यालयको रूपमा स्थापित भएर प्रदान गरिरहेको शिक्षा र कलम बम मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुलको लगातारको प्रयासलाई राष्ट्रिय शिक्षा सम्मान २०८१ बाट सम्मानित गरेकोमा विद्यालयका प्रिन्सिपल युवराज बमले हार्दिक आभार व्यक्त गर्नुभएको छ । सामाजिक उत्तरदायित्व सहितको शिक्षा प्रदान गर्ने आफूहरूको ऊर्जालाई थप हौसला प्रदान भएको प्रिन्सिपल बमले बताउनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  २ : ०८ बजे