२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

मगर समुदायले प्रधानमन्त्रीको उपस्थितीमा टुँडिखेलमा ‘माघे सकराती’ मनाउने


२७ पुस २०८१, शनिबार  

4
Shares

मगर समुदायले यसबर्ष पनि काठमाडौंको टुँडिखेलमा धुमधामका साथ ‘माघे सकराती’ मनाउने भएको छ ।नेपाल मगर संघ केन्द्रीय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २९ देखि माघ १ गतेसम्म टुँडिखेलमा मगर सकराती धुमधामका साथ मनाइने जनाएको हो ।
महोत्सवको रुपमा मनाउन लागिएको मगर सकराती २०८१ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम रहेको नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव एवं मूल आयोजक समितिका सदस्यसचिव टेकबहादुर नामजाली मगरले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर पुन मगरले मगर सभ्यता नेपालको पहिचान भएकाले यसको संरक्षण र प्रचार प्रसारमा सरकारले ध्यान दिनु पर्ने बताए । अध्यक्ष पुनले मगरहरुको इतिहास, संस्कृती, भाषा र सभ्यता सबैलाई बुझाउनका लागि पनि बर्षेनी ‘माघे सकराती महोत्सवको आयोजना हुँदै आएको समेत बताए ।
महोत्सवमा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, विभिन्न नाच, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुषवाण हान्ने, छेलो हान्ने खेललगायत विभिन्न चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सदस्यसचिव नामजाली मगरले बताए । उनकाअनुसार कार्यक्रममा विभिन्न जिल्लाहरुबाट मगर समुदायका अन्य संघसंस्थाहरुको पनि सहभातिा रहनेछ।
पत्रकार सम्मेलनमा मगर राष्ट्रिय गान सार्वजनिक समेत सार्वजनिक गरिएको छ । मगर राष्ट्रिय गानको शब्द रचना कालीराम घर्तीमगरले गरेका हुन् भने संगीत मनबहादुर पुनमगर, सुर्य पुर्वछानेमगर, डोलराज बाह्रघरे मगर, होमराज खपाङ्गी मगर र देवराज मगरले दिएका छन् ।
यस्तै उक्त राष्ट्रिय गीतमा सुर्य पुर्वाछानेमगर, डोलराज बाह्रघरेमगर, देवराज आलेमगर, कविता आलेमगर, आकाश थापामगर, दिपसागर थापामगर, आशा थापामगर, देवीराम रानामगर, गायत्री रानामगर, करिष्मा घर्तीमगर, श्रीप्रसाद खप्तरीमगर, रेस्मा पुनमगर, निर्मला थापा मगर, नितु पुनमगर, भुमसरी पुन मगर, अमर रोका मगर, केशरी घर्तीमगर, मन्दिरा आलेमगर र सिर्जना श्रीस मगरले स्वर दिएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १ : २२ बजे