नेपाल पुलिस स्कुल सामाखुसीले प्रथम प्रहरी महानिरीक्षक तेक्वान्दो प्रतियोगिता- २०८१ आयोजना गर्ने भएको छ। २ सय ५६ पदकका लागि हुने उक्त प्रतियोगिता यही मिति २०८१ फागुन १६ र १७ गते विद्यालय प्राङ्गणमा हुने भएको छ।

देशभरिका जुनसुकै स्कुल तथा डोजाङले पनि सहभागिता जनाउन सक्ने उक्त प्रतियोगितामा देशभरिबाट ६ सय बढी खेलाडीहरू सहभागी हुने छन्। प्रतियोगितामा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, नेपाल आर्मी, विभिन्न सामुदायिक तथा संस्थागत स्कुलका १८ वर्ष मुनिका खेलाडीहरू सहभागी हुन सक्ने छन्। यसका लागि प्रतिस्पर्धी खेलाडीले आफनो नाम फागुन १२ गतेसम्म दर्ता गराइसक्नु पर्ने छ।
तेक्वान्दोका पुम्से र गेरुगीको दुवै विधा समेटिने उक्त प्रतियोगितामा महिला र पुरूषका लागि छुट्टाछुट्टै उमेर तौल र बेल्ट समूह निर्धारण गरिएको छ । पुम्से विधामा २८ स्वर्ण, २८ रजत र ५६ काँस्य अनि गेरुगी विधामा ३६ स्वर्ण, ३६ रजत र ७२ काँस्यका लागि प्रतिस्पर्धा हुने छ।
प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद सहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिने उक्त प्रतियोगितामा उपत्यका बाहिरबाट सहभागी हुने खेलाडी र कोच वा टोली प्रबन्धकलाई बस्नको व्यवस्था गर्न सकिने प्रतियोगिता आयोजकले बताए।
नेपाल तेक्वान्दो सङ्घ (NTA) का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकद्वारा सञ्चालन हुने उक्त प्रतियोगितामा विश्व तेक्वान्दोका प्रतिनिधि ग्रान्ड मास्टर क्वन यङ्ग दालको प्रत्यक्ष निगरानी रहने रहने छ।
थप जानकारीका लागि नेपाल पुलिस स्कुल सामाखुसीको फेसबुक पेज हेर्न सकिनेछ:
Nepal Police School, Samakhusi, Kathmandu Advertisement Post


