२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

लण्डनमा चम्किए नेपाली विद्यार्थी विप्लव खड्का,जिते  ‘स्टुडेन्ट अफ द इयर’ अवार्ड


३ बैशाख २०८२, बुधबार  

4
Shares

लण्डन – नेपाली युवा विप्लव खड्काले लण्डनस्थित Coventry University Group अन्तर्गतको संस्थाबाट यस वर्षको ‘Student of the Year’ अवार्ड जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम झनै उज्यालो बनाएका छन्। युकेको Your Students’ Union द्वारा आयोजित यो वार्षिक अवार्ड कार्यक्रममा विप्लवले उत्कृष्ट शैक्षिक प्रदर्शन, नेतृत्व क्षमता, र सामुदायिक योगदानका आधारमा विजेता घोषित हुँदै यो अवार्ड प्राप्त गरेका हुन्।
कार्यक्रम अप्रिल ३, २०२५ मा भव्य रूपमा सम्पन्न भएको थियो, जहाँ विप्लवलाई ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। प्रमाणपत्रमा Membership Services Manager Isaiah Poulet र Chief Executive John Abrahams का हस्ताक्षर छन्, जसले पुरस्कारको महत्त्वलाई थप बलियो बनाउँछ !
नेपालमै रहँदा विप्लव खड्का समाजसेवा, शिक्षा अभियान, र युवा सशक्तिकरण जस्ता सामाजिक क्रियाकलापहरूमा सक्रिय थिए। ती अनुभव र प्रतिबद्धतालाई उनले युकेमा पनि निरन्तरता दिँदै, अध्ययनसँगै समुदायमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।
“यो उपलब्धि मेरो मात्र नभई सम्पूर्ण नेपाली विद्यार्थी समुदायको जित हो,” विप्लवले अवार्ड ग्रहण समारोहमा अभिव्यक्ति दिएका थिए। उनले भविष्यमा पनि शिक्षा, नेतृत्व र समाजसेवाको बाटोमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ४ : ५२ बजे