२५ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025

पविन्द्र सुनार र मुना खड्काले ल्याए तिज मनाउ सहर सहरमा


४ श्रावण २०८२, शनिबार  

180
Shares

काठमाडौं । हिन्दू महिलाहरुको महान पर्व तीज नजिकै जाँदा नेपाली बजारमा तीज गीतहरु पनि धमाधाम सार्वजनिक भइरहेका छन् । यसैक्रममा मौलिक र फरक कथाबस्तु समेटेर लोकपृय गायक पविन्द्र सुनारको श्वरमा नयां गीत सार्वजनिक भएको छ ।


चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल र लोक स्टारमा प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाइसकेका गायक सुनारको श्वरमा तीज मनाऔं शहर शहर बोलको तीज गीत सार्वजनिक भएको हो । उनलाई गीतमा गायिका मुना खड्काले साथ दिएकी छन् । गीतको शब्द सिर्जना विशाल महर (कृष्ण मल्ल ठकुरी) ले गरेका हुन् । कृष्ण बाजुरेलीको एरेन्जिङमा बनेको गीतको संगीत गायक स्वयम सुनारले गरेका हुन् ।गीतमा रोहित बस्नेत र बिना राउतको अभिनय रहेको छ ।


विशाल महरकै प्रस्तुतीमा रहेको यस गीतका शब्दहरु मौलिक छन् भने गीतको कथाबस्तुलाई फरक ढंगले दर्शकमाझ ल्याइएको छ । पछिल्लो समय तीज गीतका नाममा अस्लिलता र विकृती फैलाउने काम भइरहेको भन्दै कतिपय त्यस्ता गीतमाथि प्रतिबन्द र कार्बाही गर्न माग समेत गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, शनिबार  ५ : ३१ बजे