२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

अभिनेत्री तथा डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमालको सफल आरोहण गरेकी छन् ।


७ जेष्ठ २०८२, मंगलबार  

0
Shares

अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमालको सफल आरोहण गरेकी छन् ।
आइतबार सगरमाथा आरोहण गरेकी कविताले सोमबार अर्को ८ हजार मिटरभन्दा अग्लो ल्होत्से हिमाल पनि आरोहण गरेकी हुन् ।
निर्मल पूर्जाको कम्पनी एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट कविताको हिमाल आरोहण पुष्टि गरेको छ ।
आइतबार कवितासहित ९ जना विदेशी एकैसाथ सगरमाथाको चुचुरोमा पुगेका थिए ।
सर्लाहीकी कविता अन्तर्राष्ट्रिय रियालिटी शो ‘बुगी उगी’को नेपाली संस्करणकी विजेता हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ३ : २४ बजे