२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

मोहन वैद्यको १० दिनदेखि आईसीयूमा राखेर उपचार


२५ जेष्ठ २०८२, शनिबार  

0
Shares

काठमाडौं । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको त्रिवि शिक्षण अस्पतालस्थित आईसीयू कक्षमा उपचार भइरहेको छ ।
उहाँको गत जेठ १५ गतेदेखि उनको आईसीयूमा उपचार भइरहेको हो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार, पुरानो दमको कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी जेठ १५ गतेदेखि अस्पताल भर्ना भएका हुन् ।
अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई आईसीयूमै राखेर उपचार गरिरहेको ती चिकित्सकले जानकारी दिए ।
स्वास्थ्य धेरै नै बिग्रिएको छ । छातिमा भएको संक्रमण घटेको छैन,’ स्रोतले भन्यो, ‘उहाँको पुरानो दमले पटकपटक समस्या दिइरहेको छ । यसपटक भने अल्लि सिरियस नै छ भनेर जानकारी दिनु भएको छ ।
७८ वर्षीय वैद्य श्वासप्रश्वासको समस्याले गत पुसमा एक महिना त्रिवि शिक्षण राखेर उपचार गरिएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, शनिबार  ३ : ०५ बजे