२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

रास्वपाको समानुपातिक तर्फको उम्मेदवारको सूचीमा पोखराकी विष्णु गुरुङ


१८ पुस २०८२, शुक्रबार  

318
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ ।

रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँगको एकतापछि सहमति अनुसार कुल ११० जनाको नाम बुझाएको हो ।

उक्त सूचीमा रास्वपा प्रवास विभाग केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्ज विष्णु कुमारी गुरुङ (एकता) पनि पर्नुभएको छ । उहाँ रास्वपाको कास्की जिल्ला संस्थापक सभापति पनि हुनुहुन्छ । रास्वपाले उनलाई आदिवासी जनजातितर्फको कोटामा समावेश गरेको हो ।

विभिन्न संघसंस्थामा आवद्ध हुँदै नेतृत्व समेत लिनुभएकी गुरुङ मातृभूमि फर्की आफ्नो व्यवसायको साथै सामाजिक सक्रिय हुनुहुन्छ ।

अमेरिका १४ वर्ष बसेर त्यतिकै क्रियाशील रहनुभएको गुरुङ विशेष गरि महिलाका बिषयमा थुप्रै कार्यक्रम गरि एनडब्लुजीएन (नेपाली वुमेन ग्लोबल नेटवर्क) क्यालिफोर्निया शाखाको अध्यक्ष समेत रहनुभयो ।

दर्जनौं अवार्डहरुले सम्मानित गुरुङ जबसम्म राजनीतिक धार परिवर्तन हुँदैन तबसम्म देश र जनताको अवस्था परिवर्तन हुँदैन भन्ने भावनाले राजनीतिमा होमिएको बताउनु हुन्छ ।

विष्णु कुमारी गुरुङ (एकता), कास्की धम्पुसमा जन्मेकी, राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि कास्की जिल्ला संस्थापक सभापति हुँदै हाल केन्द्रीय सदस्य, प्रवास नेपाली सम्पर्क विभाग (गण्डकी प्रदेश इन्चार्ज तथा अमेरिक क्षेत्रीय सह-ईन्चार्ज) को भूमिकामा छु। राजनीतिशास्त्रमा स्नातक, शिक्षण क्षेत्रमा अनुभव तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रशिक्षण प्राप्त उद्यमी तथा राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डले सम्मानित भएकी आदिवासी जनजाति नेतृ हुन्।


सिटी अफ अलामिडा (अमेरिका) का मेयरबाट प्रशंसा पत्र
फिओना माँ (California Board of Equalization Member) द्वारा सम्मानित भए कि छन् ।
विदेशी जीवन र सामाजिक संघर्षले सिकायो—देश नबदलिए जनताको अवस्था बदलिँदैन। त्यसैले म भ्रष्टाचार र बेथितिविरुद्ध उभिँदै आफ्नो समुदाय र महिला सशक्तिकरणलाई निर्णयको केन्द्रमा पुर्‍याउन राजनीतिमा उभिए की गुरुङ ।


पर्यटन क्षेत्रमा २८ वर्षको अनुभवसहित गण्डकीको पर्यटन र रोजगारी नीतिगत रूपमा अघि बढाउने उनको अठोट बोके कि छन् । अमेरिका र नेपालका दर्जनौँ संघसंस्थामा नेतृत्व तथा अन्तर्राष्ट्रिय सम्मानले उनको इमान्दार र परिणाममुखी पहिचान प्रमाणित गर्दछ । पद होइन—परिवर्तन मेरो लक्ष्य हो, आवाज विहिनको – आवाज बन्नु मेरो कर्तव्य हो भन्ने उनको सोच छ ।

नेपाल फर्किएपछि सामाजिक उहाँ फेवा मार्ग टोल विकास संस्थापक अध्यक्ष र सरसफाइ अभियान, सामुदायिक सचेतना र टोल–स्तरीय सहकार्य प्रवर्द्धन तथा लायन्स क्लब अफ पोखरा कुमुद – प्रथम भाइस प्रेसिडेन्ट साथै स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय योगदान दिदै आउनु भएको छ ।

सफा राजनीति, सुशासन र न्यायको बलमा प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नेपाललाई विश्वका लगानीकर्तासामु चिनाउने,युवा तथा महिला नेतृत्वलाई सशक्त बनाउँदै उद्योग र पर्यटनमार्फत आर्थिक क्रान्ति भित्र्याएर भ्रष्टाचारमुक्त, रूपान्तरणकारी र समृद्ध नेपाल निर्माण हुनुपर्छ भन्ने उहाँको सोच छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : ०९ बजे