१९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोआज हरेक दिनजसो एउटा वाक्य दोहोर्याइरहन्छन् : यो सरकार पाँचै वर्ष टिक्छ । यो सरकार ढलिहाल्दैन, आदित्यादि ।
भर्खरै बनेको सरकार ढलिहाल्नु नपर्ने पनि हो । तर प्रधानमन्त्रीले नै हरेक दिन एउटै रटना लगाइराख्दा स्वतः नागरिकको मनमा प्रश्न आउँछ, के यो सरकार कुनै पनि बेला ढल्न सक्छ ?