२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

प्रधानमन्त्रीलाई रामेश्वर को चिट्ठी !


१५ आश्विन २०८१, मंगलबार  

356
Shares

नमस्ते प्रधानमन्त्री ज्यू!
म यो देशको असल नागरिक। शब्दको प्रयोग कथाले अनि परिस्थितिले मागेको कारण मैले दिएँ।
सम्माननीय प्रधानमन्त्री ज्यू, हजुरलाई यो पत्र मैले भक्तपुरबाट कोर्दै छु। मैले पत्रको मार्फत हजुरको अन्तर हृदयलाई बिउँझाउन चाहेँ। सम्माननीय प्रधानमन्त्री ज्यु नमस्कार,हजुर त आराम कुशल हुनुहुन्छ  भन्ने थाहा छ तर राज्यको करोडौं रकम खर्च गरेर सानदार भिभिआइपीका साथ मस्त यात्रा गरिरहनु भएको छ ?हजुरलाई बधाई छ जिन्दगी हुनु त तपाईंको जस्तो! यता हामी आराम छौ भनु भने,सिङ्गो देश रोइरहेको बेलामा के आराम भनौं ? मन दुखिरहेको छ शरीरमा नजानिदो ढंगले पीडा भैरहेको छ,हुन त हामी नेपालीहरुको भाग्य  बिधाता तपाईं अनि पुर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा र प्रचण्ड नै हो ! तपाईंहरु विरुद्धमा बोल्नु भनेको खुकुरीको धारमा हिड्नु जत्तिकै हो? भन्ने मलाई थाहा छ !
यो चिट्ठी लेखेकै अभियोगमा मलाई पनि तपाईंले जेलको हावा ख्वाइ दिन सक्नु हुन्छ,कहिले कसैको गुलाम नभएको हाम्रो देश आज बिदेशी वाद र उनिहरु इच्छालाई पूरा गर्न नेपाली जनता दास जसरी नै विदेशको भुमिमा पसिना बगाई रहेका छन् । शासन गर्न त सफल हुनु भए यो ? तर देशलाई बिदेशीको पंञ्जाबाट मुक्त पार्न सक्नु भएन ? यत्रो बिपत्ति देख्नु भएन सुन्नु भएन अलिकति दयामाया लागेन प्रधानमन्त्रीज्यु? छिमेकीले भ्रमण छोट्यर छिट्टै फर्किए ! हजुर किन फर्किनु भएन ? जनता पीडाले छटपटाइ रहेका छन प्रधानमन्त्री ज्यु ! तपाईंले नेपाल टेक्ने बित्तिकै पीडाले छट्पटी एका बाढी पीडित जनताको घाउमा मलम जगाउनु हुन्छ भन्ने आशा थियो तर बदलामा नयाँ उखान सुन्न पाइयो ! तपाईंले लगाएको समृद्धिको नाराको आभाष जनताले कहिले गर्न पाउने प्रधानमन्त्री ज्यु ? प्रयाप्त शिक्षा,स्वास्थ र रोजगारी त दिन सक्नु भएन भएन ! दशै तिहार जस्ता महान चाडपर्वमा हुने महङ्गी,भ्रष्टाचार,बेथिति,बिकृति बिसङ्गति त रोकिदिनु होस् ! देश उठनै नसक्ने गरि थला परि सक्यो तर मृत्यु पछि पनि कर नलगाई दिनु होस् ! भ्रष्ट नियति भएका मानिसले जनताको रगत पसिना चुसेर मोटोघाटो सास फेर्न मुस्किलै बनाई सके ? आज भगवानले पनि सोचिरहेको होलान् नेपालमा कस्तो गणतन्त्र खाले गणतन्त्र आएछ भनेर ?
भ्रष्टले चुसेर अस्थिपन्जर मात्र बाकी राखेका छन् ? जताततै व्यतिथि र लुटतन्त्र मौलाएको छ । जनताको माया लाग्दैन प्रधानमन्त्री ज्यु? अलिकति मानवता बाकी छ भने भोकभोकै काल पर्खिरहेका हरुका लागि आवश,खाना र नानाको व्यबस्था गरिदिनु न प्रधानमन्त्री ज्यु ?
हामी नेपाली भएर बाँच्न चाहान्छौँ। गर्व गर्न चहान्छौँ। सुखमा रम्न र दुखमा पीडामा साथ चहान्छौँ। त्यसैले यति कुराको बन्दोबस्त मिलाइदिनु होला भन्दै आशाको साथ पत्रलाई यहीँ बन्द गर्न चाहेँ।
रामेश्वर थापा

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ३० बजे