२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

दिपेन्द्र शाहीको लोक दोहोरि गीतले राम्रो प्रतिक्रिया बटुल्दै


२६ पुस २०८१, शुक्रबार  

240
Shares

रेडियोमा प्रत्यक्ष दोहोरि गाउने दिपेन्द्र शाहीले सार्वजनिक गरेको लोक दोहोरि गीत ”मेरी जूनलाई” ले राम्रो प्रतिक्रिया पाइरहेको छ । शान्ति श्री परियार र शाहीको आवाजमा रहेको ‘मेरी जूनलाई’ बोलको लोक दोहोरी गीत तीन साता अघि ‘मेचीकाली म्युजिक’ युटुबबाट सार्वजनिक गरिएको थियो।

गीतमा शव्द र सँगीत कार्यक्रम प्रस्तोता एवं गीतकार रुपेश सिंह बोहराको रहेको छ । प्रिज्म स्टुडियोमा रेकर्ड भएको र सुदिप परियारको अरेन्जमा बनेको उक्त गीतलाई श्याम स्वीट रसाइलीले मिक्सिङ मास्तरिङ गरेका हुन् भने थप कोरस स्वरमा रुपेश सिंह बोहरा, गोविन्द अनेक, सुनिता विश्वकर्मा र संगीता बडुवालको समेत कोरस् आवज रहेको छ।

बबीता चन्दको लगानीमा तयार भएको गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन। गीतको भिडियोमा नायक पुष्प खड्का र मोडेल गीता ढुङ्गा लगायतको नृत्य रहेको छ। शाही दिनेश एफएम, धनगढीमा लोक दोहोरी सम्बन्धी कार्यक्रम चलाउदै आएका थिए। उनी शिक्षक पेशामा आबद्ध छन्।

शाहीको लोक दोहोरि गीतले युतुब मार्राफत् राम्रो प्रतिक्रिया बटुल्दै आएको छ र आजकल हुने बिभिन्न मेला महोत्सबहरुमा समेत दर्सकको मायाँ पाइरहेको उनले बताए।

म्युजिक विडियो लिंक:

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ५१ बजे