५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

मेयर हर्क साम्पाङ सिंहदरबारमा लैजान लागेको रित्तो गाग्री प्रहरीको नियन्त्रणमा


८ माघ २०८१, मंगलबार  

0
Shares


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानी आयोजना माग गर्ने उनको तयारी छ।
यसैका लागि मेयर साम्पाङ मंगलबार सिंहदरबार प्रवेश गरेका हुन्।
मेयर साम्पाङ रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न चाहे पनि प्रहरीले गाग्री भने लैजान दिएन। मेयर साम्पाङले ल्याएको गाग्री प्रहरीले बरामद गरेको छ।
मेयर साम्पाङ रित्तो गाग्रीसहित धरानबाट सोमबार काठमाडौं आएका थिए।
मेयर साम्पाङले आफूलाई सिंहदरबार प्रवेशमा अवरोध नभएको तर गाग्री लैजान नदिइएको बताएका छन्।
मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गरिसकेका छन्।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ३० बजे