१६ चैत, काठमाडौं । मंसिरको आम चुनावका बेला देखिएको राष्ट्रिय चासो वैशाखको उपचुनावमा पनि देखिने पक्का भएको छ ।
राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका हेभिवेट उम्मेदवारहरु आगामी १० वैशाखमा हुने उपचुनावमा खडा हुने भएकाले यो चुनावको महत्व अरु बेलाका उपचुनावभन्दा बढ्ता देखिएको हो ।