२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको बताएका छन् महेश बर्तौला


२७ फाल्गुन २०८१, मंगलबार  

0
Shares

२७ फागुन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे ।
पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन्,’ बर्तौलाले भने, ‘पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् ।’
विशेषगरी भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्‍याली भइरहेको भन्दै कानुनी दायरामा ल्याउन उनले आग्रह गरे ।
केही र्‍यालीहरूमा विदेशी विशेषगरी भारतीय जनता पार्टीका नेता उत्तरप्रदेशका मुख्यमन्त्रीको ब्यानरसहितको र्‍याली भइरहेको देखिए । यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन जरुरी छ,’ बर्तौलाले भने ।
संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने वा देख्न लगाउनेहरू सचेत हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : १५ बजे