काठमाडौं, नेपाल — नेपाली राजनीतिमा एक चम्किलो नामको रूपमा उदाएका राष्ट्रवादी युवा नेता अभिविन्द खनियाले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्दित बनाएका छन्। मलेसियाको क्रिएटिभ इभेन्ट्स मलेसियाले उनलाई ‘Top Outstanding Men of Asia 2025’ अवार्डका लागि चयन गरेको छ। यो अवार्ड उनले मनोरञ्जन र राजनीतिमा देखाएको अद्वितीय नेतृत्व क्षमताको सम्मानस्वरूप प्रदान गरिँदैछ। कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुरमा यही अप्रिल १७मा आयोजना हुनेछ, जसमा एशियाका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
अभिविन्द खनिया हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उदियमान युवा नेतामात्र होइनन्, नेपाली युवाहरूको प्रेरणाका प्रतीक हुन्। लामो समयदेखि राप्रपाको भातृसंस्था राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा महासचिव तथा सह-अध्यक्षको जिम्मेवारी निभाइसकेका खनिया शहरी व्यवस्थापन तथा सामजिक कार्यमा स्नात्तोकोत्तर गर्दैछन्। खनियाले अन्तर्राष्ट्रिय राजनीतिमा नेपाललाई सशक्त रूपमा प्रस्तुत गर्दै आएका छन्। हालै जर्मनीमा आयोजित ‘दुई सदनीय प्रणाली र सत्ताको सन्तुलन’ शीर्षकको अन्तर्राष्ट्रिय युवा नेतृत्व सम्मेलनमा सहभागी भई नेपाल र राप्रपाको प्रतिनिधित्व गरे। त्यहाँ उनले क्रिश्चियन क्रेमर, क्लाउस वीनेर र म्यारियन वाल्सम्यान जस्ता विशिष्ट जर्मन नेताहरूसँग अन्तरक्रिया गरे। ‘विपत्तिहरूको बाबजुद प्रजातन्त्रको रक्षा गर्नु’ शीर्षकको सत्रमा दुई हजारभन्दा बढी प्रतिनिधिमाझ सम्बोधन गरेका उनले नेपालको पछिल्लो राजनैतिक घटनाक्रमका चुनौतीहरू प्रस्तुत गरे।
मनोरञ्जन र युवा सशक्तिकरणमा उनको योगदान पनि उल्लेखनीय छ। उनी “मिस्टर टिन नेपाल २०१७” को विजेता हुन् र अभ्यानी प्रोडक्सन नामक नेतृत्व विकास संस्था स्थापना गरेर हजारौं युवालाई नेतृत्वविकास र व्यक्तित्व विकासको तालिम दिंदै आएका छन्। Asia’s Most Outstanding Pageant Coach and Businessman of the Year 2023, Outstanding Young Entrepreneur 2022, Dynamic Youth Award 2021 लगायतका दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूबाट उनी विभूषित भैसकेका छन् ।उनले Konrad Adenauer Stiftung School of Young Politicians (Germany र Malaysia), World Organisation of Students and Youths (India) लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन्।खनियाको दृष्टिकोण स्पष्ट छ— राष्ट्रिय स्वाभिमान, भ्रष्टाचार मुक्त समाज, सुशासन, युवा सशक्तिकरण र समावेशी विकास। उनी पुरातन राजनीतिक अभ्यासभन्दा युवाको आवाजलाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्दै समाधान खोज्ने राजनीतिमा विश्वास राख्छन्।
मलेसियामा प्रदान हुने यस Top Outstanding Men of Asia 2025’ अवार्डले निश्चय नै अभिविन्द खनियाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ बलियो बनाउनेछ।खनियाले यो सम्मानलाई नेपाली समाजमा थप सकारात्मक परिवर्तन ल्याउन उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
३ बैशाख २०८२, बुधबार
214
Shares


